नेफ्टा अवार्ड फागुनमा



कोरोनाभाइरस कोभिड–१९ को प्रभावका कारण स्थगित नेप्टा अवार्डको १०औं संस्करण आगामी फागुन महिनामा राजधानीमा हुने भएको छ। नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुनको अन्तिम साता अवार्ड आयोजना गर्ने प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।
अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम आगामी माघ १० गतेलाई तय गरिएको अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेल (गीता) ले विज्ञप्तिमार्पmत जानकारी गराएकी छिन्। कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दँरी कायम गरी कार्यक्रम गर्ने नेप्mटाले जनाएको छ।
गतवर्षको चैत २२ गते टुंडिखेलमा हुने गरी तय भएको अवार्ड कार्यक्रम संसारभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो। महामारीका कारण डुबानमा परेको फिल्म क्षेत्रलाई गतिशील बनाउने दायित्व भएकाले कार्यक्रममा हातेमालो गर्न विज्ञप्तिमा आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्