आशा परियोजनाले दियो कर्मचारीलाई तालिम



बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट पहाडी साना किसानका लागी अनुकुलन आयोजनाले सामाजिक परिचालक र कार्यरत कर्मचारीलाई क्षमता अभिबृद्धीका लागी तालिम संचालन गरेको छ । जाजरकोट सदरमुकाममा आशा परियोजनाले सामाजिक परिचालक, विषयगत प्राविधिक र कर्मचारीहरुको क्षमता विकास गर्न परियोजनाले संचालन गरेका कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न तालिमको आयोजना गरेको हो ।

आयोजनामा कार्यरत १५ जना कर्मचारीलाई सामाजिक परिवर्तन, सामाजिक परिचालनका चरणहरु उत्प्रेरणका अवधारणा सामाजिक परिचालकहरुको काम सम्वन्धि आधारभुत सिप, संचार सिप, द्धन्द्ध व्यवस्थापन, नेतृत्व विकास, सहजिकरण सिप क्षमता अभिबृद्धीका विषयमा जानकारी गरि परियोजनाले संचालन गरेका कार्यक्रम प्रभाकारी बनाउन कर्मचारीलाई ५ दिने तालिम संचालन गरेको थियो ।

सहभागिता मुलक ग्रामीण लेखाजोखाका विधि जलबायु परिवर्तनबाट हुने असर, संकटासन्न घरधुरी तथा समुदाय पहिचान गर्न समुह संगठनहरुलाई सहजिकरणका तरिकाका विषयमा जानकारी दिएको पहाडी साना किसानका लागी अनुकुलन आयोजना (आशा) परियोजनाले जनाएको छ ।

पाँच दिन सम्म संचालन गरेको तालिम लैङ्गिक तथा सामाजिक समाबेशीकरण, जलबायु परिवर्तन, स्थानिय अनुकुलन कार्ययोजनाको मुल प्रवाहिकरण, जलबायु मैत्री प्रमाणिकरणको अवधारण, जलवायु मैत्री कृषि प्रविधि, जलवायु मैत्री भौतिक पुर्वाधार, सु शासनको अवधारणा, अनुगमण मुल्याङ्कण प्रतिवेदनका विषयमा सहभागीहरुलाई जानकारी दिएको तालिमका सहजकता द्रोपति सुवेदीले वताउनु भयो ।

परियोजनाले संचालन गरेको तालिमको सहजिकरण लैङ्गिक समानता सामाजिक समावेशीकरण विज्ञ द्रोपति सुवेदी, जिल्ला आयोजना संयोजक देवेन्द्र गेलाल, अनुगमण तथा मुल्याङ्कण बिज्ञ लोक गौतम, जलवायु विज्ञ संजिता कडेल, बालकृष्ण जमरकट्टेल, कृषि विज्ञ शंकर न्यौपाने तालिम प्रशिक्षक सहदेव वस्नेते सहजिकरण गर्नु भएको थियो ।

आयोेजना सफल बनाउने पहिलो जिम्मेवारी सामाजिक परिचालकको भएकोले सोचे अनुसार काम गरेको बताउदै कार्यक्रम सफल वनाउन कर्मचारीहरुले महत्वपुर्ण भुमीका निर्वाह गरेकोले हौसला र जोसका साथ काममा लाग्न सामाजिक परिचालकलाई कार्यक्रम संयोजक कृष्णा प्रसाद वस्तीले आग्रह गर्नु भयो । सामाजिक परिचालक समाजको ऐना भएकोले मानविय पुँजी निर्माणमा प्रभाकारी भुमीका निर्वाह गर्न संयोजक वस्तीले बताउनु भयो ।

बन तथा बातावरण मन्त्रालयका उप सचिव रेवतिरमण सापकोटाले आयोजनाको लक्ष्य उद्धेश्य पुरा हामीबाटै सम्भव हुने भएकोले आयोजनामा कार्यरत सामाजिक परिचालकको महत्वपुर्ण भुमीका रहेको वताउनु भयो । बदलिदो परिवेश अनुसारको ज्ञान सिप र विषयबस्तुको अभिबृद्धी गर्न तालिमको आयोजना गरेको सरोकारवालाहरुले वताएको थियो ।

प्रतिक्रिया दिनुहोस्