बिप्लव समूह र प्रहरीबीच गोली हानाहान



न्युज अफ नेपाल, काठमाडौं ।

संखुवासभामा बिप्लव समूह र प्रहरीबीच गाली हानाहान भएको छ । बिप्लव समूहले ५ राउण्ड गोली चलाएको छ भने जवाफी कारबाहीमा प्रहरीले दर्जन बढी राउण्ड गोली चलाएको छ ।

संखुवासभाको टोली चैनपुर–४,मैदानेको एक घरमा विप्लव कार्यकर्ता लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।

झडपका क्रममा ३ जना बिप्लव कार्यकर्ता भाग्न सफल भएका छन् भने विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोन लगायत बरामद भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्