ओली समर्थनमा बृहत मोटरसाईकल -याली, जसपाको विरोध जुलुस



रामधन राई, खोटाङ ।

खोटाङमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बृहत  मोटरसाईकल -याली निकालिएको छ । संसद विघटन गरेको भन्दै जिल्लामा दैनिक जसो ओलीको विरोध भईरहेको वेला आईतवार ओली समर्थक नेता, कार्यकर्ता तथा जनवर्गीय संगठनहरुले दिक्तेलवजारमा मोटरसार्यकल -याली निकालेका हुन् ।

दिक्तेलवजारको रत्नपार्कदेखि शुरु गरिएको -याली त्रिवोणीचोक, जिल्ला अदालत हस्पिटल चोक हुँदै भवन गैरामा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेकपा खोटाङका कार्यालय सदस्य कुमार आचार्य, जिल्ला सचिवालय
सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, सचिवालय सदस्य बिणादेवी राई र दिलचक्र राईले ओली कदमको समर्थनमा वोल्नुभएको थियो ।

यता, आईतवार नै जनता समाजवादी पार्टी खोटाङले ओली सरकारको विरुद्द दिक्तेलवजारमा विरोध -याली निकालेको छ । ओली कदमको विरोधमा चरणवद्द आन्दोलन गर्दै आएको जिल्ला कमिटीले हेलिप्याड नजिकै रहेको पार्टी कार्यालयवाट नारावाजीसहितको जुलुस शुरु गरी भवनगैरा, हस्पिटलचौक, हाटडाँडा हुँदै रत्नपार्कसम्म बिरोध जुलुस निकालेका थिए ।

जुलुसको क्रममा विभिन्न स्थानमा गरिएको कोणसभामा जसपाका नेता मदन राई, डा. कृष्णकुमार(केके)राई, रमेश राईलगायतले सम्वोधन गरेको जिल्ला अध्यक्ष टंक थापाले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्