रसुवामा जन्मियो ५ केजीको शिशु



सरस्वति न्यौपाने, रसुवा ।

जिल्ला अस्पताल धुन्चेमा पहिलो पटक साधारण तरिकाले पाँच केजीको बच्चा जन्मिएको छ

। अस्पतालको नर्स आरती सिग्देलको अनुसार पुष नौ गते गोसाईकुण्ड गाउँपालिका वडा नं ६ धुञ्चेकी २८ बर्षिय दावा तामाङले बिना अप्रेसन साधारण तरिकाले पाँच केजीको स्वास्थ्य बच्चा छोरा जन्माएकी छन । उनले विहिबार बिहान ३ बजेर ३७ मिनेटमा जन्माएकी हुन ।

यो भन्दा अगाडी साधारण तरिका वा अप्रसन गरेर पनि यति किलो जन्मिएको थिएन सम्भवत जिल्लामा नै पहिलो पटक जन्मिएको हो । यो जिल्ला अस्पतालकै ठुलो उपलब्धी रहेको जिल्ला अस्पताल ले जानकारी दिदै अहिले आमा र बच्चा दुबै को स्वास्थ्य राम्रो रहेको छ ।

जिल्ला अस्पतालका अनुसार साढे चार किलो भन्दा बढी तौल भएको बच्चा भए अप्रेसन नै गर्नुपर्ने अन्तराष्ट्रिय मान्यता छ । तैपनि विना अप्रेसन नै सुरक्षित तरिकाले बच्चा जन्मियो यो नै महत्वपुर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्