उत्तरी रसुवाको डाडाँगाउमा गोरेटो बाटो निर्माण द्रुत गतिले बढदै



सरस्वती न्यौपाने, रसुवा । 

जिल्लाको उत्तरी भेग उत्तरगया गाउँपालिकाको डाडाँगाउमा गोरेटो बाटो निर्माण द्रुत गतिले अगाडी बढेको छ ।

वडा अध्यक्ष खुवा प्रसाद गुरुङका अनुसार डाडाँगाउ देखि रतौली सम्मको गोरेटो बाटो बेलायती अन्तराष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोगमा करिब एक करोडको लगानीमा बन्न लागेको हो ।

करिब साढे ६ किलोमिटरको दुरीमा बन्न लागेको यस गोरेटो बाटोको चौडाई पाचँ फिट पुरा हुनेछ । एक प्राबिधिक सिभिल इन्जियर सहित ३ जना सुपर भाइजर लगायत ६० जना कामदारले काम गरिरहेको उत्तरगया गाउँपालिका वडा नम्बर दुइका वडा अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।

यस बाटो बनेपछि डाडाँगाउ कटुन्जे खडगुका स्थानीयहरुलाई आवजावत गर्न सहज हुनुका साथै धादिङ को रुविभ्याली गणेश हिमालको यात्रा गर्न समेत सहज हुनेछ । कोभिड –१९ को जोखिम लाई मध्ये नजर गर्दै कार्यस्थलमा एकजना हेल्थ अफिसर खटाई कामदारहरुलाई मास्क पञ्जा र चस्मा समेत वितरण गरि भौतिक दुरी लाई ध्यान दिई काम भइरहेको बताइएको छ ।

यस्तै वडा नम्बर एक मैलुङ देखि तिरुसम्मका अप्ठेरो जंगलको बाटो हिडनु पर्ने भएका ले तिरु गोगने सोमदाङका बासिन्दाले वडा कार्यालय आउन बजार झर्न सहजता र गुणस्तरीय गोरेटो बाटोले वडाको शिक्षा स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग पु र्‍याउन ८० लाखको बजेटमा मैलुङ देखि तिरुसम्मको बाटो निर्माण गर्न लागेको वडा नम्बर एकको वडा अध्यक्ष बम बहादुर तामाङले बताउनु भयो  ।

उत्तरगया गाउँपालिकाको वडा नम्बर एक मैलुङ देखि तिरु सम्म र वडा नम्बर दुई डाडाँगाउदेखि रतौेली सम्म एउटै पुर्णिमा परियोजनाको प्राविधिक सहयोगसँगै युकेआइडीको आर्थिक सहयोगमा बन्न लागेको हो ।

यस बाटो बनाउने जिम्मा दुकाङ सेवा निर्माणले लिई दक्ष प्राविधिक र कामदार हरुबाट द्रुत गतिमा काम भइरहेको र स्वास्थ्य सुरक्षा लाई समेत ध्यानमा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्