जापानमा विदेशी नागरिक प्रवेशमाथि प्रतिवन्ध



FILE PHOTO: Shoppers wearing protective face masks walk on the street at Tsukiji outer market, amid the coronavirus disease (COVID-19) outbreak in Tokyo, Japan December 24, 2020. REUTERS/Issei Kato/File Photo

टोक्यो,(एजेन्सी) ।

वेलायतमा हालै देखापरेको अझै छिटो फैलिने नयाँ स्वरुपको कोरोना भाइरस भित्रिन नदिने उद्देश्यले जापान सरकारले विश्वका सम्पूर्ण मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिवन्ध लगाउने शनिवार घोषणा गरेको छ । सोमवार देखि कार्यान्वयन हुने यो प्रतिवन्ध जनवरीको उत्तरार्ध सम्म कायम रहने छ । जापानी नागरिक तथा जापानमा वसोवास गर्दै आएका विदेशी नागरिकलाई भने मुलुक छाड्ने अनुमति दिइने छ । चौंध दिने क्वारेन्टाइनको अनुरोध सबैलाई अनिवार्य लागु हुनेछ ।

वर्तमान अवस्थामा गत अक्टोवर यता जापानले विश्वका १ सय ५२ वटा मुलुकका नागरिकलाई प्रवेश प्रतिवन्ध लगाउँदै आएको छ । तर विदेशी विद्यार्थी तथा दिर्घकालिन बसाई योजना सहित आउन चाहने व्यापार व्यवशायीहरुलाई भने अहिले सम्म जापान सरकारले प्रवेश छुट दिँदै आएको थियो ।

अब यस सम्बन्धमा नयाँ प्रवेषाज्ञा जारी गरिने छैनन् । तर यस अघि नै प्रवेषाज्ञा पाइसकेकाहरु भने सोमवार पछि पनि निर्वाध रुपमा जापान प्रवेश गर्न सक्नेछन् । प्रवेषाज्ञा लिइसेको अवस्थामा पनि हाल नयाँ स्वरुपका कोरोना भााइरस तिव्र रुपमा फैलिरहेका दुई मुलुक वेलायत र दक्षिण अफ्रिकाबाट भने कसैलाई जापान प्रवेश गर्ने अनुमति नदिइने भएको छ ।

यसैगरी आर्थिक गतिविधिमा कुनै पनि अवरोध आउन नदिने उद्देश्यले चीन र दक्षिण कोरिया लगायत एघार वटा मुलुकका नागरिकलाई भने आपसी व्यापार व्यवशाय व्यवस्थापन भ्रमणको छुट दिइने भएको छ । यसै व्यवस्थापन नीति अन्तर्गत थुप्रै विदेशी नागरिक जापान प्रवेश गर्दै आएकाले पछिल्लो प्रतिवन्धले जापानमा आउने विदेशीको संख्यामा खासै फरक नपार्ने विशेषज्ञहरुको भनाई रहेको छ ।

शुक्रवार वेलायतबाट जापान आएका पाँचजना व्यक्तिमा नयाँ खालको कारोना भाइरस संक्रमण देखिएको सरकारले पुष्टि गरिसकेको छ । गत अक्टोवर यता जापान प्रवेश गर्ने नयाँ विदेशीको संख्या ३५ हजार पुगेको छ । नोभेम्वरमा यो संख्या ६६ हजार नाघेको छ ।

नयाँ खाले कोरोना भाइरस देखापरेका मुलुकबाट आउने जो काहिले प्रस्थान समयको ७२ घन्टा भित्रभाइरस परिक्षण नेगेटिभ भएको प्माण पेश गर्नुपर्ने हुन्छ । साथै तिनीहरुले जापानको भुमि टेक्ने वित्तिकै अनिवार्य रुपमा पिसिआर परिक्षण गराउनु पर्ने हुन्छ । जापान सरकारको यस पछिल्लो सतर्कता कदम टोक्यो ओलम्पिकस्लाई सुरक्षित ढंगले संचालन गर्ने तयारीको रुपमा पनि हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्