स्वास्थ्य मन्त्री त्रिपाठीद्वारा पदबहाली



न्युज अफ नेपाल, काठमाडौं ।

मन्त्रालय सार हुनुभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीले पदबहाली गर्नुभएको छ । शुक्रबार साँझ नै शितल निवास पुगी पद तथा गोपनीयताको सपथ खानु भएका स्वास्थ्यमन्त्रीले आईतबार मन्त्रालय पुगी पदभार सम्हाल्नुभएको छ ।

मन्त्री त्रिपाठी यसअघि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री हुनुहुन्थ्यो । उहाँलाई प्रधानमन्त्री ओलीले शुक्रवार मन्त्रालय परिवर्तन गरि स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनुका साथै सोही सपथ समेत गराउनुभएको थियो । यसअघि स्वास्थ्यमन्त्री रहनुभएका भानुभक्त ढकाललाई पर्यटन मन्त्री बनाईएको छ । ढकालले यस अघि कानून मन्त्रालय समेत सम्हाली सक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्