एभरेष्ट फिस भिलेज रिर्सोटमा आकर्षण



बुटवल, (नेस)

रूपन्देहीको सियारी गाउँपालिका–६ हिरागन्जमा एभरेष्ट फिस भिलेज रिर्सोट सञ्चालनमा आएको छ । एभरेष्ट ग्रुप प्रालिले १० करोड रुपियाँ लगानीमा अन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित रिर्सोट सञ्चालनमा ल्याएको हो ।
इ“टा व्यवसायी तथा निर्माण क्षेत्रमा क्रियाशील ३० जना युवा मिलेर लगानी गरेका छन ।

रिर्सोटमा जाने पाहुना आफंै माछा फिसिङ गर्न र डुंगामा सयर गर्न समेत पाउनेछन । एभरेष्ट गु्रपका अध्यक्ष अजय अधिकारीले रिर्सोटमा ९ वटा सुविधा सम्पन्न कोठासहित माछाका विशेष परिकार उपलब्ध हुने बताउनुभयो । अहिले रिर्सोटमा दैनिक १ हजारभन्दा बढी पाहुना पुग्न थालेको व्यवस्थापनको दाबी छ । २० जनाले रोजगारी पाएको रिर्सोट ३ विगाहा क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्