प्रतिमहिना ३० प्रतिशतका दरले क्युआर कोड कारोबारमा वृद्धि



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्विक रेस्पोन्स (क्यूआर) कोडमार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने बताउनु भएको छ । नक्सालस्थित तरकारी तथा फलफूल बजारमा क्यूआर कोडबाट हुने भुक्तानी कारोबारको शुरूआत गर्दै गभर्नर अधिकारीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।  नक्साल तरकारी तथा फलफूलबजारस्थित पसलमा क्यूआर कोड भुक्तानीमार्फत् तरकारी खरिद गरी उहााले त्यसको शुरूआत गर्नुभयो ।

सो अवसरमा गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरूप क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाइने जानकारी दिनुभयो । उहााले भन्नुभयो– ‘नक्साल तरकारी बजारमा थालिएको क्यूआर कोडको अभ्यास प्रविधिमैत्री कारोबारमा एउटा उत्साहजनक शुरूआत हो । अब यसलाई देशभर अभियानको रूपमा विस्तार गर्ने योजना राष्ट्र बैंकले बनाएको छ ।’
प्रविधिको प्रयोगले नगदरहित कारोबारलाई प्रोत्साहन त गर्छ नै, मुलुकको आर्थिक र सामाजिक रूपान्तरणमा समेते योगदान पु-याउने उहााको भनाइ छ ।

गभर्नर अधिकारीले क्यूआर कोडमार्पmत हुने भुक्तानी कारोबार उत्साहजनक रूपमा विस्तार भइरहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय हरेक महिना ३० प्रतिशतले यस्तो कारोबार वृद्धि भइरहेको जानकारी दिनुभयो । क्यूआर कोड कारोबारको प्रवद्र्धन र विस्तारको निम्ति सहजीकरण गर्न राष्ट्र बैंक तयार रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसको निम्ति अग्रसर रहन बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, व्यवसायीलगायतका सरोकारवालाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत एवम् नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले नक्सालस्थित तरकारी बजारमा क्यूआर कोड कारोबारको शुरुआतले थप हौसला मिलेको भन्दै देशभर डिजिटल नेपालको प्रवद्र्धनमा राष्ट्र बैंकसाग सहकार्य गरेर अगाडि बढ्न वित्तीय क्षेत्र तयार रहेको जानकारी दिनुभयो । बजारका ७५ स्टलमध्ये अधिकांश स्टलमा क्यूआर कोड सञ्चालनमा आएको जनाइएको छ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागको आँकडाअनुसार २०७७ कात्तिक महिनामा क्यूआर कोडमार्पmत २ लाख ४१ हजार ८१८ कारोबार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्