नेपालको नदीजन्य पदार्थमा भारतको आँखा



कृष्णउदास खनाल  ।

नेपालको नदीजन्य पदार्थमा भारतीयहरुको आँखा लाग्न लालेपछि सशस्त्र प्रहरीले कडाइ गरेको छ । यसैक्रममा पछिल्लो पटक पर्साको जगरनाथपुर गाउँपालिका वडा नं १ बिसुनपुरवास्थित औरिया खोलाबाट अवैध रुपमा लगिरहेको अवस्थामा बालुवासहितको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बिओपी पिडारीगुठ्ठीले बि आर २२ जि बी २५९५ नम्बरको भारतीय ट्रेक्टरमा लोड गरि लगिरहेको अवस्थामा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको हो । पिठारीगुठ्ठीमा बरामद गरिएको बालुवाको बजार मुल्य करिब १७ लाख रुपैँया रहेको जनाइएको छ ।

यसरुी नै सशस्त्र प्रहरी बिओपी महादेवपट्टीले पनि भारतीय ट्रयाक्टरसहित बालुवा नियन्त्रणमा लिएको छ । नम्बरको नखुलेको उक्त ट्रयाक्टरमा लोडक गरिएको बाल्ुवा भन्सार छलि गरी भारततर्फ लैँजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद गरिएको बालुवाको बजार मुल्य करिब १८ लाख रुपैँया रहेको जनाइएको छ ।भन्सार छलि गरी भारतर्फ लग्न लागिएका बालुवासहितका ट्याक्टर कारवाहीका लागि प्रहरीले वीरगन्ज भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरी भिखमपुरले विभिन्न मितिमा बरामद गरेको करिब २ लाख १३ हजार ७०० बराबरको लत्ताकपडा, किरानाका सामान बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ ।पर्साको बिभिन्न सीमा क्षेत्रमा रहेका भारतसँग सीमा जोडिएका नदीहरुमा भारतीय पक्षहरुले आँखा लगाउने गरेको र उनीहरुले जवरजस्ती नेपाल भूभागमा रहेको बालुवा,ढुंगा,गिट्टी लगायतका सामानहरु लोड गरेर भारत तर्फ लाने गरेको पनि स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्