सडकमा घाइते छावालाई सीपीआर दिएर बचाइयो



बैंकक, (एजेन्सी)

थाइल्यान्ड एउटा सडक काट्न क्रममा मोटरसाइकलले बेस्सरी ठक्कर दिएको हात्तीको छावाको ज्यान एकजना उद्धारकर्मीले बचाएका छन् । माना सिरीभेतले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई भनेका छन्– ‘मैले बेहोस अवस्थामा ज्यानै गुमाउन लागेका दर्जनौं मानिसलाई कार्डियोेपल्मुनरी रिससाइटेसन (सीपीआर) गरेर ज्यान जोगाएको छु । तर, कुनै पनि हात्तीमा सीपीआर प्रयोगचाहिँ यो पहिलोपटक गरेको हुँ । हातैले बिरामीको दिमागलाई चालू राख्न हातले छाती थिच्दै प्रायशः कृत्रिम भेन्टिलेसनलाई पनि जारी राख्ने कामलाई चिकित्सकीय भाषामा सीपीआर भनिन्छ ।

हृदयाघात भएका व्यक्तिमा श्वास–प्रश्वास र रक्तसञ्चार फर्काउनका लागि आपतकालीन अवस्थामा यो विधि प्रयोग गरिन्छ ।अ“ध्यारो सडकको बीचमा उनले दुई हातले हात्तीको छावामाथि सीपीआर गरिरहेको भिडियो अनलाइनमा भाइरल भएको छ । सीपीआर शुरू गरेको १० मिनेटपछि नै छावा जुरुक्क उठेको भिडियोमा देखिन्छ । त्यो छावा पूर्वी थाई प्रान्त छान्थावुरीमा अन्य जंगली हात्तीको झुण्डसँगै सडक पार गर्ने क्रममा घाइते भएको थियो ।

भिडियोमा माना र उनका साथीहरू सामान्य घाइते अवस्थामा रहेका मोटरसाइकल चालकको पनि उपचार गरिरहेका देखिन्छन् । विगत २६ वर्षदेखि यस्तो उद्धारकार्यमा संलग्न रहँदै आएका माना भन्छन्– ‘छावालाई उपचार गर्दै गर्दा त्यसका आमा र अन्य हात्तीले बोलाउँदै गरेको दृश्य निकै मार्मिक थियो । मानिसमा मुटु हुने स्थान सम्झँदै मैले छावाको मुटुको अन्दाज गरेर सीपीआर शुरू गरेँ । छावा चलमलाउन थालेको देखपछि म भावुक भएर झन्डै रोएँ ।’

प्रतिक्रिया दिनुहोस्