अर्काको अनुहारका दुरुस्त मुखुन्डो बनाएर व्यापार



टोक्यो, (एजेन्सी)

कोरोना भाइरस महामारी शुरू भएको एक वर्ष पुग्न लागेका बेला जापानको एक खुद«ा व्यापारीले अनुहारको मुखुन्डोको नयाँ व्यापार शुरू गरेका छन् । अत्यन्तै वास्तविक देखिने अरुका मुखन्डो तीनवटा आयाममा तयार पारिएका छन् । तर, सुहेई ओकाराका ती मुखुन्डोले प्रयोगकर्ता र अन्यलाई कोरोना भाइरसले भने जोगाउन सक्ने छैनन् । तर, त्यो मुखुन्डो लगाउने मानिस अन्य अज्ञात जापानीको ठ्याक्कै अनुहार मिल्न आउँछ ।

ओकावाराले रोयटर्सलाई बताएका छन्– ‘भेनिसका मुखुन्डो पसलहरूमा सायद यसरी अनुहारको खरिद वा बिक्री हु“दैनन् होला । सम्भवतः काल्पनिक कथाहरूमा मात्र यस्ता दुरुस्त अरु मानिसका अनुहारजस्तै मुखुन्डोको बयान गरिएका होलान् । यही परिकल्पनालाई वास्तविकतामा पाउँदा मेरो विचारमा वास्तवमा निकै रोमाञ्चपूर्ण नै होला ।’

आगामी वर्षको शुरुवातसँगै टोकयोस्थित उनको पसल कामेनया ओमोतेमा यस्ता मुखुन्डो किन्न पाइने भएको छ । प्रत्येक मुखुन्डोको मूल्य ९ सय ५० अमेरिकी डलर तोकिएको छ । गत अक्टोबरमा यो परियोजना शुरू गरिँदा उनलाई आ–आफ्ना अनुहारको मुखुन्डो बनाइदिने अनुरोधसहित एक सयजना मानिसले आफ्ना तस्वीर पठाएका थिए । उनले अब विदेशीहरूका अनुहारको पनि मुखुन्डो बनाउने योजना बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्