यी हुन् ओली सरकारका मन्त्रीमण्डलका सदस्यहरु



काठमाडौं, (नेस)

संसद् विघटन गरेपछि गुटगत राजनीतिमा लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार रिक्त रहेका मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्नुभएको छ । साथै उहाँले केही मन्त्रीहरुको मन्त्रालय हेरफेरसमेत गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले शीतलनिवासमा शुक्रबार साँझ नै राष्ट्रपतिबाट शपथ लिएका थिए ।

८ जना थपिएका मन्त्रीहरूमा टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दावा लामा, जुलीकुमारी महतो, प्रेम आले र गणेश ठगुन्ना छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री नियुक्त हुनुभएको छ ।यसअघि स्वास्थ्यमन्त्री रहनुभएका भानुभक्त ढकाल पर्यटन र संघीय मामिलामन्त्री रहनुभएका हृदयेश त्रिपाठी स्वास्थ्यमन्त्री बन्नुभएको छ भने यसअघिका महिला बालबालिकामन्त्री लीलानाथ श्रेष्ठ कानुन र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधारमन्त्री बन्नुभएको छ ।

भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री हुनभएको छ ।युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रीबाट बिदा दिइएको छ ।

मन्त्री – मन्त्रालय

टोपबहादुर रायमाझी ऊर्जा -मणि थापा खानेपानी
प्रभु साह – शहरी विकास 
प्रेम आले -वन
गणेश ठगुन्ना -सामान्य प्रशासन
गौरीशंकर चौधरी-श्रम
दावा लामा – युवा तथा खेलकुद
जुली कुमारी महतो – महिला बालबालिका
विमला विश्वकर्मा – उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल –  पर्यटन
हृदयेश त्रिपाठी – स्वास्थ्य
लीलानाथ श्रेष्ठ – कानुन
शिवमाया तुम्बाहाङ्फे – भूमिसुधार
पद्मा अर्याल – कृषि
कृष्णगोपाल श्रेष्ठ – शिक्षा

प्रतिक्रिया दिनुहोस्