मालपोत कार्यालय ओखलढुंगाको सेवा प्रवाहमा ढिलाई, चिया पसलमा भेटिन्छन् कर्मचारी



लिला सुनुवार, ओखलढुंगा ।

जिल्ला मालपोत कार्यलय ओखलढुंगाले नागरिकहरुलाई गर्ने सेवाप्रवाहमा चरम ढिला सुस्तिहुने गरेको पाईएको छ । सामन्य जग्गा रोक्का गर्न कार्यलय आएका नागरिकले तिनदिन सम्म कार्यलय धाउँदा समेत काम नबनेको देखिएको छ ।

दर्ता फाटमा लाईनमा बसेका शिद्धिचरण नगरपालिका २ का हिरा बहादुर बि कले जग्गा रोक्का गर्नका लागी बिहिवार नै फायल बुझाएको र अन्य सबै फाटमा काम सकिएर दर्ता फाटमा काम रोकिएको बताए । यसै गरि निमित्त कार्यलय प्रमुख कुमार खतिवडाले काममा ढिला सुस्ति भएको कुरा स्विकार्दै कर्मचारीको कारणले नभै कार्यलयमा नेटको सुविधा कमजोर भएका कारणले सेवाप्रवाहमा ढिलाई भएको बताएका छन ।

नेट कमजोर भएका कारण काममा ढिलाई भएको भन्ने कुरा बाहाना मात्रै भएको र कर्मचारीले चिनेकाहरुको काम समयमै हुने गरेको जग्गा खरिद गर्नका लागी मालपोत कार्यलय आएका  पोकली बि क ले बताइन ।

नेट नचलेको बाहनामा जिल्ला मालपोत कार्यलयका कर्मचारीहरु कार्यलय समयमा नजिकैको चिया पसलमा गएर समय बिताउने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक जना सेवाग्राहीले बताए ।

प्रतिक्रिया दिनुहोस्