आइसियूमा उपचाररत कोरोना संक्रमित अस्पतालबाटै फरार



न्युज अफ नेपाल, काठमाडौं ।

आइसियूमा उपचाररत एक कोरोना संक्रमित अस्पतालबाटै फरार भएका छन् । उनी आइतबार बिहानै कोरोना विशेष अस्पताल बुटवलबाट भागेका हुन् । बुटवल १३ का ५५ बर्षीय पुूरुष आज बिहान ६ बजे शौचालय जान्छु भनेर फरारा भएका अस्पतालले जानकारी दिएको छ ।

उनलाई गत बुधबार कोरोना स्रंक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । उनी अस्पतालबाट निस्कनासाथ मोबाइल स्वीच्ड अफ गरेर सम्पर्कबिहीन भएका हुन् । उनले मानसिक रोगको औषधि खाने गरेको पनि अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्