चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौंमा



न्युज अफ नेपाल, काठमाडौं ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश उप मन्त्री गुओ येचौसहितको टोली नेपाल आई पुगेको छ । नेपालमा सिर्जित पछ्रिल्लो राजनितीक अवस्था बुझ्न चिनियाँ उच्चस्तरिय टोली नेपाल आएको हो । उपमन्त्री नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको हो ।

चार दिने भ्रमण भएपनि यसबारे औपचारिक जानकारी भने दिइएको छैन । टोलीले भ्रमणका क्रममा राष्ट्रपति बिद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपालसंग भेटघाट गर्ने बताईएको छ । नेपालमा कम्युनिष्ट पार्टीमा फुट र संसद बिघटनलाई लिएर चीनले चासोका साथ हेरेको छ । यद्यपी यसबारे आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्