प्रचण्ड-नेपाल समूहद्वारा सिन्धुलीमा विशाल प्रदर्शन (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले सिन्धुलीमा विशाल प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरूद्वमा प्रदर्शन भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुलीको पार्टी कार्यलय बाट सुरू भएको र्याली १,२नम्बर बजार,धुरा बजार परिक्रमा गरेर लोकतान्त्रिक चोकमा जिल्ला स्तरीय भेलामा परिणत भएको थियो । प्रदर्शनमा ओलीको असंवैधानिक कदमको विरूद्व चर्को नारा लगाएको छ । भेलामा स्थायी समिति सदस्य हरिबोल गजुरेल, केन्द्रीय सदस्य गणेश पहाडी लगाएले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्