महामारीमा विश्व स्वास्थ्य सेवासँग आवद्ध ५० व्यक्ति ठूला पूंजीपतिको सूचीमा



वासिंगटन (एजेन्सी) ।

कोरोना भाइरसको मारले विश्वकै करिब सबै देशको अर्थब्यवस्था धरासायी भएको अवस्था छ । अन्तराष्ट्रिय मुद्रा कोषले यसलाई सन् १९३० पछि आएको सबैभन्दा ठुलो आर्थिक विपत्ती भनेको छ ।

कोरोना महामारीको यो अवधीमा पनि केही भाग्यमानीहरु छन् जसलाई यो भाइरसले नसोचेको फाइदा पुर्याएको छ । विश्व स्वास्थ्य सेवासँग आवद्ध कम्तिमा ५० नयाँ अर्बपति कोरोना भाइरस महामारीका क्रममा ठुला पुजिंपतिहरुको लिस्टमा समावेश भएका छन् ।

यस धेरैजसो उद्योगपति औषधी कम्पनी, लगानी गर्ने वैज्ञानिक, चिकित्सा उपकरण, टेस्ट किट, डाइग्नोस्टिक, प्याकेजिंग तथा पर्सनल केयर प्रोडक्ट बनाउने कम्पनीहरुका मालिक छन् । कोरोना कालमा यिनीहरुको बैँक ब्यालेन्स अत्यधिक बृद्धी भएको छ । अमेरिकी अर्बपतिहरुको सम्पत्ती मात्रै लगभग १० खर्ब डलर बढेको छ । नयाँ अर्बपतिहरुमा धेरैजसो चीन र अमेरिकाका ब्यवसायीहरु नै छन् ।

करोडपतिहरुको सुचीमा कोरोना खोप बनाउने कम्पनी बायोएनटेकका सीईओ उगुर साहिन र मोडेर्नाका सीइओ स्टिफन बेन्सल पनि समावेश भएका छन् । यी दुबै कम्पनीले युरोप र अमेरिकाका लागि दुई प्रमुख कोरोना भाइरस खोप विकसित गरी सम्पती बृद्धी गरेका हुन् ।
फोब्र्सको नयाँ अर्बपतिको सुचीमा तेस्रो सबैभन्दा धेरै कमाउने चिनियाँ मुलकी क्यानाडाली नागरिक युआन लिपिंग पर्छ । उनको कुल

सम्पती ४ अर्ब १० करोड डलर आंकलन गरिएको छ । युआनलाई अक्सफोर्ड अस्ट्राजेनेकाको कोरोना भाइरस खोप बनाउने एकाधिकार प्राप्त भएको छ । युआन चीनको सेन्जेन कांगटई बायोलोजिकल प्रोडक्टका अध्यक्ष डु वेइमिनकी पुर्व पत्नी हुन् । यो कम्पनीले चीनको प्रमुख खोप उत्पादनको करिब एक चौथाई हिस्सा बनाउँछ ।

यो सुचीमा चीनका प्रमुख चिकित्सा उपकरण निर्माता कम्पनी कन्ट्याक मेडिकल सिस्टम्सका अध्यक्ष हु कुन पनि परेका छन् । उनको कम्पनी स्टेथेस्कोप र ब्लड पे्रसर मनिटर जस्ता उत्पादन चीन सहित विश्वकै अस्पतालमा आपुर्ति गर्छ । उनको कुल सम्पती ३ अर्ब ९० करोड डलर आंकलन गरिएको छ । यी बाहेक इटाली मेडिकल प्याकेजिंग कम्पनी स्टेवनेटो ग्रुपका सजियो स्टवानेटोको सम्पती पनि अप्रत्यासित बढेको छ । यो कम्पनी खोपका लागि शिशीहरु बनाउछ ।

प्रतिक्रिया दिनुहोस्