कोभिडको मारमा विश्वका अर्बपति



वासिंगटन (एजेन्सी) ।

विश्वका अति धनाढ्य व्यक्तिहरु पनि कोरोना भाइरसबाट अछुतो रहन सकेनन् । युरोप, अमेरिका र विश्व बजार महामारीको कडा चपेटा परेसँगै धेरैको भाग्य उथलपुथल भएको छ । यस बर्षको मार्च सम्ममा विश्वका अति धनाध्यहरुको सुची तयार पार्दा फोब्र्सले २ हजार ९५ अर्बपतिको गणना गर्यो । यो गत बर्षको तुलानामा ५८ जना र त्यसको १२ अघिको तुलनामा २२६ जना कम हो । केही अर्बपतिहरु गत बर्षको तुलनामा ५१ प्रतिशतले गरिब भए । सन् २०१९ को कुल सम्पतिको तुलनामा विश्वकै अर्बपतिहरुको सम्पतिमा ७ खर्ब डलरले घटेर ८० खर्बमा पुगेको छ ।

जेफ बेजोस आफ्नी पुर्व पत्नि म्याकेन्जी बेजोसलाई सम्बन्ध विच्छेडका क्रममा सम्पति बाँडफाँडका क्रममा आफ्नो अमेजोन कम्पनीको ३६ अर्ब डलर बराबरको सेयर सुम्पेर पनि लगातार तेस्रो बर्ष विश्वकै सबैभन्दा भन्दा धनी व्यक्ति बन्न सफल भए । फोब्र्सको सन् २०१९ को सुचीमा अमेजनको सेयरमा १ खर्ब १३ अर्ब डलरमा संकुचन आएको उनको सम्पतीमा १५ प्रतिशतले बृद्धी भएको हो । उनको कुल सम्पति १ खर्ब ८० अर्ब डलर नाघेको छ ।

धनाढ्यको सुचीमा दोस्रो स्थानमा रहेका माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सको १ खर्ब ११ अर्ब डलर कुल सम्पती रहेको छ ।
अमेरिकाका ४ सय अर्बपतिहरुको सुचीमा यस बर्ष १८ नयाँ सदस्यले प्रवेश पाएका छन् । गत बर्षको सुचीमा रहेका दुई जनाको मृत्यु भएको छ भने २५ जना यस सुचीबाट बाहिरिएका छन् । ती मध्य १० जना कोभिड सकंटको प्रत्यक्ष मारमा परेका हुन् । ९ जना भने पुर्व अर्बपतिहरु पुन सुचीमा फर्केका हुन् ।

कोभिड महामारीका कारण विश्वका २ सय ७० धनाढ्य अर्बपति सुचीबाट बाहिरिए । २१ जनाको मृत्यु नै भयो । जुम भिडियो कम्युनिकेसनका संस्थापक तथा सीईओ एरिक युआन लगायत २० राष्ट्रका १ सय ७८ जना नयाँ अर्बपतिले सुचीमा प्रवेश पाए ।

धरै अर्बपति भएको देशमा अमेरिका अझै पनि पहिलो स्थानमै छ । सुचीमा अमेरिकाका ६ सय १४ अर्बपति छन् भने त्यसलाई पछ्याइरहेको चीन(हंगकंग र मकाउ सहित)मा ४ सय ५६ अर्बपति छन् ।

प्रतिक्रिया दिनुहोस्