प्रदेश प्रमुखद्वारा माघ ७ गते प्रदेशसभाको बैठक आह्वान



k|b]zk|d’v …Kof;LÚ jflif{s gLlt tyf sfo{s|d k|:t’t ub}{ lj/f6gu/, @# h]7 M k|b]z g+ ! sf] k|b]zk|d’v ;f]dgfy clwsf/L …Kof;LÚn] cfly{s jif{ @)&&÷&* nflu k|b]z;efdf z’s|af/ k|b]z ;/sf/sf] tkm{af6 jflif{s gLlt tyf sfo{s|d k|:t’t ub}{ . t:jL/ M df]xDdb ;b?n÷/f;;

मोरङ ।

प्रदेश नंं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक आगामी माघ ७ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेशसभाको छैटौँे तथा बजेट अधिवेशन गत साउन ९ गते अन्त्य भएको थियो । यसअघि प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिनका लागि बैठक बस्न सिफारिश गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्