प्रतिबन्धको धज्जी उडाएपछि …



हलिउड गायिका रिटा ओराले यस वर्षको क्रिसमस घर पुगेर मनाउन पाइनन्। ब्रिटेन सरकारले कोरोना महामारीबाट बच्नका लागि लगाएको प्रतिबन्धको धज्जी उडाएपछि मानिसहरुले गरेको आलोचनाबाट बच्न बुल्गेरिया हानिएकी रिटा बुल्गेरियन सरकारले ब्रिटेनबाट हवाई आवत–जावतमा रोक लगाएपछि बुल्गेरियामै अड्किएकी हुन्।

गत नोभेम्बर महिनामा लन्डनको एक रेस्टुरेन्टमा सरकारको प्रतिबन्धका बाबजुद पार्टी आयोजना गरेपछि सार्वजनिकरूपमा माफी मागेर १० हजार पाउन्ड जरिवाना तिरेकी रिटा उक्त पार्टी आयोजना गर्नुभन्दा एक हप्तापहिले एक कन्सर्टका लागि मिस्र गएकी थिइन्। त्यहाँबाट फर्किएपछि आइसोलेसनमा नबसेको लगायतका आरोप उनलाई लागेको थियो भने मानिसहरुले उनको निकै आलोचना गरेका थिए।

समाचारअनुसार पार्टीको मामिलामा आफूले गल्ती गरेको महसुसपछि केही दिनलाई टाढा रहनका लागि उनी बुल्गेरिया पुगेकी थिइन्। जहाँ उनले आफ्नो नया“ म्युजिक भिडियो सुटिङको योजनासमेत बनाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्