एलिजालाई बानी परेछ



साइपल क्रियसनको निर्माणमा बनेको गीत तिम्रो बानी परेछको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार दधि अधिकारीको शब्द, कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ।

गीतको म्युजिक भिडियोमा नायिका एलिजा गौतम र गायक स्वयं सनिश श्रेष्ठको अभिनय रहेको छ। साइपल क्रियसनको युट्युब च्यानलबाट रिलिज गरिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहनेछ। युवा निर्देशक प्रहिल कार्कीले भिडियोको निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्