हरिहरको ए अधुरो जीवन



ख्यातिप्राप्त अभिनेता हरिहर शर्माद्वारा अभिनित एक सानदार म्युजिक भिडियो सार्वजनिक गरिएको छ। अभिनेता शर्माले अभिनय गरेको ए अधुरो जीवन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

भावनात्मक म्युजिक भिडियोमा शर्माको सानदार अभिनय हेर्न पाइन्छ। म्युजिक भिडियोमा उनले पत्नीलाई अत्यन्त माया गर्ने पतिको अभिनय गरेका छन् भने पत्नी वियोगपछिको पीडा पोखेका छन्।

म्युजिक भिडियोमा उनको शर्माको साथमा गीता अधिकारीको जीवन्त अभिनय रहेको छ। विनोद बम मल्लद्वारा निर्देशित म्युजिक भिडियोमा मुकेश हुमागार्इंको छायांकन र निर्देशक मल्लकै सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्