२० लाख बढी राजस्व संकलन



गुल्मी, (नेस)

जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा २० लाख बढी राजस्व संकलन भएको छ । पछिल्लो ५ महिनामा ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गरी चलाउने सवारीसाधनलाई गरिएको कारबाहीबाट राजस्व संकलन गरेकोे हो ।

आर्थिक वर्ष २०७७र०७८ को ५ महिनासम्मको अवधिमा ३ हजार ५० वटा सवारी कारबाहीमा पर्दा जिल्ला ट्राफिक कार्यालय गुल्मीले २० लाख ५७ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेयले बताउनुभयो ।

साउन महिनामा ४ सय ५० वटा सवारी कारबाहीमा २ लाख ७२ हजार ५ सय राजस्वर संकलन गरेको, भदौमा ४ सय ५० वटा सवारी कारबाहीमा २ लाख ७९ हजार ९ सय, असोजमा ६ सय सवारी कारबाहीमा ४ लाख २३ हजार ५ सय, कात्तिकमा ७ सय ५० वटा सवारी कारबाहीमा ५ लाख १२ हजार, मंसिर महिनामा ८ सय सवारी कारबाहीमा ५ लाख ७० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्