प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्षमा बोगटी विजयी



डोटी ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा शङ्कर बोगटी विजयी हुनुभएको छ । शनिबार डोटीको दिपायलस्थित सेती प्रादेशिक प्राविधिक शिक्षालयमा महासङ्घको चौथो वार्षिक साधारणसभामा बोगटी सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको उद्योग वाणिज्य संघ डोटीका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा कैलाली टीकापुरका रामबहादुर भण्डारी पनि सर्वसम्मत चयन हुनुभएको छ । एशोसिएट उपाध्यक्षमा कैलालीकै अनिलकुमार भुजनिया र कोषाध्यक्षमा बझाङका दानकुमार शर्मेली विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्