चिनियाँ उपमन्त्री गुओ आज नेपाल आउँदै



काठमाडौं, (नेस)

सत्तारूढ दल नेकपा विभाजन भएपछि चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री गुओ यझाउ आज आइतबार नेपाल आउँदै हुनुहुन्छ । उहाँको नेपाल भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ । पार्टी विभाजनको पीडामा रहेको नेकपालाई उहाँको भ्रमणले केही मलहम लगाउने आकलन गरिएको छ ।

नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहनुभएका गुओको भ्रमण नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले मिलाएको बताइएको छ ।

संसद् विघटनपछि दुवै पक्षका नेताले एकले अर्कालाई सिध्याउने खेलमा लागिरहेका बेला राजदूत हाउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पुष्पकलम दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल र कृष्णबहादुर महरालाई भेटेर उपमन्त्री गुओ नेपाल भ्रमणमा आउन लागेको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्