कोरोना भाईरसको नयाँ स्वरुप जापानमा पनि देखियो, बेलायतको यात्रामा रोक



न्युज अफ नेपाल, काठमाडौं ।

जापानमा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको जापानका स्वास्थ्य मन्त्रीले सार्वजनिक गर्नुभएकोछ । जापानका स्वास्थ्यमन्त्री नोरिशा टमुराले बेलायतबाट आएका ५ जना व्यक्ति नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री योशिहिदे शुगासँगको भेटपछि स्वास्थ्यमन्त्री टमुराले नयाँ प्रकारको भाइरस भेटिएको घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री शुगाले नयाँ वर्षको सम्पूर्ण कार्यक्रम स्थगित गर्न सबैलाई अनुरोध गनुभएको छ ।

उहाँले विमानस्थलमा कडाइ गर्नुका साथै बेलायतबाट आएकाहरुमा कडा निगरानी राख्न निर्देशन दिनुभएको छ । जापानले बेलायतबाट हुने यात्रामा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्