स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, मन्त्रालयको वेबसाईटमा भने भानुभक्त ढकाल ?



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो समय राजनैतिक अवस्था देशमा तातिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली खरो रुपमा उत्रनुका साथै छानी छानी आफ्ना पक्षधरलाई पदमा पुर्याउँन दिलोज्यान दिएर लाग्नु भएको छ । कतिपय आफु निकटका मन्त्रीहरुले ठूला ठूला गल्ती गरेको प्रमाणित हुँदा समेत उनीहरुलाई अन्तर मन्त्रालयमा सारी पूर्ण रुपमा संरक्षण दिँदै हुनुहुन्छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउँनुभएका भानुभक्त ढकालाई शुक्रबार स्वास्थ्य मन्त्रालयबाट पर्यटन मन्त्रालयमा कर्मचारी सरुवा गरेझै गरि सार्नुका साथै ह्दयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिएको छ ।

तर शनिवार सम्म पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभ साईडमा भने भानुभक्त ढकालकै फोटो र नाम स्वास्थ्य मन्त्री भनी उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्री ढकाल स्वास्थ्य मन्त्रालय सम्हालेका एकबर्ष भरिनै विभिन्न समयमा पटक पटक विवादमा तानिदै आउँनु भएको छ ।

नेपालमा कोरोना संक्रमणको प्रवेश र ओम्नी समूहलाई औषधि तथा मेडिकल सामग्री खरिदको जिम्मा देखि कोरोना परिक्षणमा पिसिआर गर्न जनता स्वयमले ५ हजार सम्म तिनुपर्ने निर्णय गरी जनस्वास्थ्यलाई व्यवास्था गर्दा कोरोना महामारी जनसमूदायसम्म फैलिएका बिषयमा उहाँ पटक पटक विवादमा तानिनु भएको छ ।

महामारी नियन्त्रण तथा व्यवस्थापनमा असफलताको बिल्ला भिरिएको भएपनि ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिईएको छ । यति मात्र नभै नेपालमा संसद बिघटन हुनु एकदिन अघिल्लो दिन बसेको संसदको लेखा समिति बैठकले मन्त्री ढकाललाई ओम्नी खरिद प्रक्रियामा दोसी देखिएको भन्दै छानविनगरी कारवाही चलाउन अख्तियारलाई लेखि पठाएको थियो ।

सुरुमा कानूनमन्त्रालय सम्हाल्नु भएका मन्त्री ढकाललाई एक वर्षअघि मात्रै स्वास्थ्यको जिम्मेवारी दिएको थियो । प्रधानमन्त्री निकट भएकै कारण ढकालले मन्त्रीमण्डलबाट बाहिरिनु नपर्ने भाग्यमानी मन्त्री भएको विज्ञहरुको ठम्याईछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रार मन्त्रिपरिषद् पुनर्गठन मन्त्रालय फेरबदलका साथै नयाँ मन्त्रीहरु थप्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्