माधवकुमार नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता



काठमाडौँ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेकपा (प्रचण्ड-नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा भएको भेटमा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ ।

यसअघि बिहीबार राजदूत यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी थिइन् । संसद विघटन भएसँगै राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्