ओली गोमन सापजस्तै हुनुहुँदोरहेछ : खनाल



काठमाडौँ ।

नेकपा (प्रचण्ड–नेपाल समूह) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव गोमन सापजस्तै भएको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खनालले सो कुरा बताएका हुन् ।

‘गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंङ्ग्ने गर्छ, उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ’ खनालले भने । यस्तै, उनले ओली समूह रुखको बोक्रा मात्र भएको बताएका छन् ।

उनले भने, ‘अहिले संसद भंग गरेको अवस्थामा केन्द्रीय कमिटीमा ४० प्रतिशत चाहिन्छ । त्यसैले नेकपा फुटेको छैन, चोइट्याउन खोजेको हो । रुखका बोक्रा निस्किन सक्छन्, बोक्रा निस्किँदा रुख नै बढ्यो भन्न मिल्छ र रु बालुवाटारमा भेला भएको बोक्रा मात्र हो, नेकपा जस्ताको तस्तै छ ।’

प्रतिक्रिया दिनुहोस्