मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै तीन मन्त्रीले दिए सामूहिक राजीनामा



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

राजिनामा दिनेमा दाहाल–नेपाल खेमाका मन्त्रिीहरु रहेका छन् । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल तथा सामाजिक विकास मन्त्री युवराज दुलालले सामूहिक राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्