मोटरसाईकल चोरी गर्ने दुई युवा पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको छ ।

जिल्ला रामेछाप मन्थली नगरपालिका १२ घर भएका वर्ष २५को रामशरण मिजार र बर्ष १९ को सुवास मिजारलाई चोरी गरेको बा८१प५२७५ कालो रङको पल्सर २२०सी.सी.मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।

काठमाण्डौ कपनबाट हराएको भनि अभिषेक ढकालले हुलिया सहितको निवेदन मिति २०७४ असोज ९ गते यस महाशाखामा दिएकाथिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाईएको छ।

प्रतिक्रिया दिनुहोस्