संसद पुनस्थापनाकाे माग गर्दै प्रचण्ड–माधव नेपाल समूह सडकमा



काठमाडौं ।

संसद विघटनविरुद्ध सत्तारुढ नेकपा नै सडकमा आउनुभएकाे छ । नेकपाको बहुमत पक्ष नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधव नेपाल र प्रचण्ड ओलीविरुद्ध सडकमा आउनुभएकाे  हाे । संसद पुनस्थापना गर्न माग गर्दै नेकपाको प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको हो ।

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी हुनुभएकाे छ  । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गर्नु भएको छ ।

नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । माइतीघरबाट आन्दोलनसहित निर्वाचन आयोग जाने र त्यसपछि सर्वोच्च जाने तयारी प्रचण्ड र माधव नेपाल पक्षको छ ।

प्रतिक्रिया दिनुहोस्