इजरायलमा पुन लकडाउन गरिँदै



एजेन्सी ।

कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने भएको छ ।

प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार जारी संयुक्त वक्तव्यमा अहिले दुई हप्ताका लागि तय गरिएको लकडाउन आवश्यकता अनुसार लम्ब्याउन सकिने उल्लेख गरिएको छ ।

इजरायलमा दैनिक चार हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल नझर्दासम्म लकडाउन नहटाउने बताइएको छ ।

लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका ५ बजेदेखि सुरु हुने अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्