शम्भुजितको चोरी सुटुक्क मन



गम्भीर विष्ट र ऋचा थापा फिचर्ड लोकप्रिय संगीतकार शम्भुजित बासकोटाको संगीतमा गायक स्वरुपराज आचार्य र गायिका मिलन नेवारको युगल गायनमा तयार भएको गीत चोरी सुटुक्क मन म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।
गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ भने मनोहर सुनामले संगीत संयोजन गरेका छन्। प्रेम सम्बन्धमा आउने उतार–चढावलाई म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियो लुज सिंहले छायांकन गरेका छन्। भिडियोमा सुनिल थापाको सम्पादन रहेको छ। मीना भट्टराई उत्पादक रहेको भिडियोलाई गजित विस्टको निर्देशनमा तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस्