कार ठक्करबाट ६ वर्षीय बालकको मृत्यु



डोटी । डोटीमा स्कार्पियोले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । शिखर नगरपालिका–६ कोटगाउँका मोहन बलायरका ६ वर्षीय छोरा गौरव बलायरको मृत्यु भएको हो ।

डोटीबाट धनगढीतर्फ जाँदै गरेको से १ च १००९ नम्बरको स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका गौरवलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । स्कार्पियो र त्यसका चालक महादेव गिरीलाई

प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्