आलोचकलाई कंगनाको चोटिलो जवाफ



विवादसँग बलिउड अभिनेत्री कंगना रनावतको पुरानो नाता छ। फिल्मसँग मात्र होइन, फिल्मभन्दा परका विषयसँग जोडिएर पनि कंगना बेला–बेलामा विवादमा आइरहन्छिन्।
कंगना यसपटक भने आफ्नो फोटोसुटका कारण विवाद र ट्रोलमा एकैसाथ आएकी छिन्। हालै कंगनाले मेक्सिकोको समुद्र किनारमा बिकनीमा गरेको हट फोटोसु्टले सामाजिक सञ्जालमा तहल्का मचाएको छ। उनको फोटोलाई लिएर मानिसहरुले कमेन्टमार्फत फरक–फरक धारणा राखेका छन् भने धेरैले ट्रोल बनाएका छन्।
तस्वीरका कारण सामाजिक सञ्जालमा आलोचना खेप्नुपरेपछि कंगनाले ट्रोल गर्नेहरुलाई निकै चोटिलो जवाफ दिएकी छिन्। उनले सामाजिक सञ्जाल ट्विटमार्फत जवाफ दिएकी छिन््– ‘केही मानिस मेरो बिकनी फोटो हेरेर मलाई धर्म तथा सनातनको लेक्चर दिइरहेका छन्। यदि माता भैरवी कपाल खोलेर वस्त्रहीन, रगत पिउनेवाला छवि लिएर सामुन्ने आइन् भने तपाईं के गर्नुहुन्छ? धर्ममा चल्नुहोस् यसको ठेकेदार बन्ने होइन, जय श्री राम।’

प्रतिक्रिया दिनुहोस्