संगीत प्रवीण नरराजको सम्झनामा शास्त्रीय सम्मेलन



नेपाली शास्त्रीय संगीतको विकास तथा विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका संगीत प्रवीण नरराज ढकालको शतवार्षिकीका अवसरमा उनीप्रति समर्पित गरेर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राजधानीमा बिहीबार साताव्यापी शास्त्रीय संगीत सम्मेलन आयोजना गरेको छ।

युवा संगीतकर्मीहरूलाई संगीतको गहिरो ज्ञानतर्फ उत्प्रेरित गर्ने तथा संगीत अनुरागीहरूको रुचि परिष्करणमा सघाउ पु¥याउने उद्देश्यले प्रतिष्ठानले शास्त्रीय संगीतको प्रवद्र्धनमा जोड दिएको प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय संगीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले जानकारी गराए।

मिथिला नेपाल टेलिभिजनसँगको सहकार्यमा पुस १५ गतेसम्म आयोजना हुने कार्यक्रम कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी मिथिला नेपाल टेलिभिजनका साथै युट्युब र फेसबुकबाट प्रत्यक्ष प्रसारण भइरहेको नेपाल शास्त्रीय संगीत समाजका महासचिव गोकुल लिम्बुले जानकारी गराए।

हालका दिनमा रेडियो टेलिभिजनजस्ता सञ्चारमाध्यममा शास्त्रीय संगीतले स्थान नपाइरहेको परिप्रेक्ष्यमा थोरै भए पनि टेवा पु¥याउने मौका पाएकोमा आफँहरू उत्साहित भएको मिथिला नेपाल टेलिभिजनका प्रबन्ध निर्देशक हीरा थापाले बताए।

युवा शास्त्रीय संगीतकर्मी कुन्दन पाठक र जोनिशा पोडेलद्वारा सञ्चालित कार्यक्रममा शास्त्रीय गायनतर्फ संगीत प्रवीण नरराज ढकालका पुत्रद्वय प्रभुराज ढकाल–प्रतीक ढकाल, चन्दन श्रेष्ठ, चण्डीप्रसादकाप्ले, शिवराजपौडेल, विष्णुआचार्य, डा. सीताथापा, मनमोहन थपलिया, लाबोनी चक्रबर्ती, सुरवादनतर्फ मोहनप्रसाद जोशी (जलतरङ्ग), मोहनसुन्दर श्रेष्ठ (सरोद), रामकुमार अर्याल (सितार), सन्तोषभक्त श्रेष्ठ, नगेन्द्र राई (बाँसुरी), धनबहादुर गुरुङ (शहनाइ), ताल (तबला) वादनतर्फ डङ्कनदास चौधरी, बदन मण्डल र नृत्यतर्फ सुविमा श्रेष्ठ, स्वजन रघुवंशी जस्ता कलाकारको प्रस्तुति रहनेछ।

प्रतिक्रिया दिनुहोस्