बिएसी नर्स प्रतिमाले गरिन श्री काेमिन श्यामेवाङफेल मा.वि.मा सामाग्री वितरण



न्युज अफ नेपाल, रसुवा ।

बिएसी नर्स अर्थात सामाजसेवी प्रतिमाले आफू कार्यरत विद्यालयका विद्यार्थी र विद्यालय कर्मचारीहरूलाई माक्स र सेनिटाईजर वितरण गरेकी छिन ।

जिल्लामा ‘स्वस्थ र शिक्षित सामाज निर्माण अभियान’ लिएर रसुवाको विभिन्न विद्यालय र गाउँ-गाँउमा स्वस्थ र शिक्षा सम्बन्धि कार्यक्रमहरू संचालन गर्दै आएकी प्रतिमाले यहि पौष ९ गते गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुबेशी स्थित श्री काेमिन श्यामेवाङफेल माविका विद्यार्थी र विद्यालय कर्मचारीहरूलाई ४५० थान KN-95 माक्स र ७०००ML सेनिटाईजर वितरण गरेकी हुन ।

सोही विद्यालयमा अध्यनरत दलित विद्यार्थीहरूलाई बढ्दो जाडो मौसमलाई मध्यनजर गरि विद्यार्थीलाई न्यानो स्वीटर , टोपि , मोजा र जुत्ता एक एक थान पनि वितरण गरिन ।

प्रतिमाले आफुलाई किष्मस गिफ्ट स्वरूप साथीले पठाएको थोरै रकम पठाएको तर आफु प्रयोग नगरी बरू अपुग रकम आफैले थपेर विद्यार्थीहरू सामाग्री वितरण गरेकी वताईन ।

यसरी सामाग्री वितरण गरेकोमा खुशी व्यक्त गरि हरेक कक्षाका शिक्षक शिक्षिका ,विद्यार्थी विद्यालय प्रधानाध्यापक श्री लोकनाथ नेपालले धन्यवाद व्यक्त गरिन ।

प्रतिक्रिया दिनुहोस्