लामो समयदेखि बन्द सिनेमा हल आजबाट खुल्दै, यी ४ फिल्म हुँदैछन रिलिज



काठमाडौं ।

कोरोना भाइरसम महमारीबाट चपेटमा परेको सिनेमा हल आजबाट खुल्दै छन् । चलचित्र संघले आजबाट सिनेमा हल खोल्ने घोषणा गरेको हाे ।

गत चैतदेखि बन्द रहेको हल खोल्न सरकारले चासो नदेखाएपछि व्यवसायीले स्वःघोषणा गर्दै हल खोल्न लागेका हुन् । आज ४ वटा फिल्म रिलिज गर्ने तयारी हल संचालकहरुले गरेका छन् ।

हलमा नयाँ फिल्म नभई गत वर्ष प्रदर्शनमा नै आएको फिल्म रिलिन हुनेछन्। चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार आज ‘आमा’ र ‘सेन्टी भाइरस’ चलाइने छ ।

चलचित्र संघको निर्णयपछि देशभरका मल्टिप्लेक्सले रिलिज हुने फिल्मलाई अनलाइन बुकिङमा राखेका छन् । क्यूएफएक्स चेनले २ नेपाली र २ अंग्रेजी फिल्म रिलिज गर्ने तयारी गरेको छ ।

जसअनुसार, नेपाली फिल्म ‘आमा र सेन्टी भाइरस’ रिलिज हुँदैछन् । यी दुबै फिल्म गतबर्षको फागुण ९ गतेबाट रिलिज भएका थिए । तर, कोरोना महामारीका कारण यी दुवै फिल्महरु रिलिज हुँदा हुँदै लकडाउनमा रोकिएका थिए ।

यस्तै, अंग्रेजी फिल्म ‘ब्लडसट र दि इनभिजिबल म्यान’ रिलिज गर्ने तयारी मल्टिप्लेक्स हलहरुले गरेका छन् । तर, यी फिल्म कुन–कुन शोमा रिलिज हुन्छन् भन्ने उल्लेख गरिएको छैन ।

दीपेन्द्र के. खनालको निर्देशनमा रहेको फिल्म ‘आमा’ का र रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘सेन्टी भाइरस’ लाई यसअघि दर्शकले रूचाएका थिए।

बन्द भएको ९ महिनापछि देशभरका हल आजदेखि सुचारु हुन लागेका हुन् । सिनेमाको छायांकन भने सुचारु गर्न सकारात्मक भएको सरकारले हल भने केही दिन अझै पर्खेर मात्र खोल्न आग्रह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्