कोभिड १९ बिरुध्दको खोपको अवस्था र नेपालले राख्नुपर्ने चासो



  • सन्दीप केसी

कोरोना भाइरस महामारी नियन्त्रणकालागि खोप बाहेक विकल्प नरहेको अध्ययनहरूले बताउँदै आएका छन्। विश्वमा नै मानिसहरु खोपको तिब्र प्रतिक्षामा रहेका छन् । कोरोना संक्रमण बाट बच्ने आशामा विकशित देशका नगरिकहरु समेत खोप बिकाश हुने र त्यसबाट सुरक्षित हँदै आफ्ना आर्थिक गतिबिधि तिब्र बनाउने ध्ययका साथ निकै ठुलो रकम खर्चेर खोपको बिकाशमा लागि परेका छन् ।

बजार अनुसन्धाता कम्पनी ुइप्सोस मोरीुको सर्वेक्षण अनुसार चीनमा ९७ प्रतिशत मानिसहरू खोप तयार हुन उत्सुक छन्। ब्राजिलमा ८८ प्रतिशत मानिस उत्सुक छन् भने भारतमा ८७ प्रतिशत मानिस कोरोना खोपको प्रतीक्षामा छन्। रुषमा जम्मा ५४ प्रतिशत मानिस खोपका लागि उत्सुक देखिन्छन्।

त्यस्तै फ्रान्समा ५९ प्रतिशत जनसंख्या खोप लगाउन आतुर छन्। विकाश सिल देशहरु पनि खोपको विकास पछि आफ्ना नागरिकहरुलाई कम खर्चमा कसरी गुणस्तरिय खोपको पहँचमा पुराउन सकिन्छ भन्ने तर्फ केन्द्रीत भै विश्वका स्वास्थ्य मञ्चहरुमा आवाज उठाउँदै आएको देखिन्छ ।

नागरिक स्वस्थ रहनु नै देश विकासको सूचक भएकोले तिनै तहका सरकारको विकासको प्रमुख एजेण्डा कोरोना खोपको परिपुर्ती र सुनिस्चिततामा रहनु आवस्यक छ भने अबको समय आवस्यक तयारीमा लाग्न ढिला गर्नु हुँदैन।

साथै लक्षित वर्ग सम्म खोप पुराउन आन्तरिक तयारीमा समेत जुटेको पाइन्छ । हाल सम्मको अवस्था हेर्दा खोप बनाउन तथा त्यसको परिक्षणमा सफलता हासिल गर्न विभिन्न देशहरू लागिपरेका छन्।

अक्सफोर्ड विश्वविद्यालय र फार्मा कम्पनी एस्ट्राजेनकाले संयुक्त रूपमा कोरोना भाइरसविरुद्ध खोप बनाउँदै छ। विभिन्न देशमा यो खोपको परीक्षण तेस्रो चरणमा हुँदैछ भने रुसबाट तयार भइरहेको स्पुतनिक–भी खोपमा पर्याप्त प्रतिरोधात्मक क्षमता विकास भएको एक रिपोर्टले जनाएको छ। त्यसै गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार चीनबाट बनिरहेको कोरोना भाइरस खोप तेस्रो चरणको परीक्षणमा छ।

यसमा सिनोभाक, वुहान इन्स्टिच्युट अफ बायो प्रोडक्सनर सिनोफार्म, केनसिनो बायोलोजिकल र बेजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी समावेश छन्। यूके फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो। यूकेले सो खोपको चार करोड मात्रा किन्न फाइजरसँग सहमति गरेको छ। यूकेमा देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत खोप लगाउने एक ९१ वर्षकी मार्गारेट कीनन पहिलो ब्यक्ति बनेकी छन्।

उनलाई फाइजरर बायोएनटेकले विकास गरेको खोप दिइएको थियो। सुरुमा ८० वर्षभन्दा माथिका र केही स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने रणनीति यूकेले लिएको छ।

छिमेको देश भारतमा भारतीय बायोटेक, आइसीएमआर र नेशनल इन्टिच्युट अफ भाइरोलोजीले संयुक्त रुपमा कोभ्याक्सिन खोप निर्माण गर्दैछ। र, उनीहरूले बनाइरहेको यो खोपमा पनि विकासको राम्रो सम्भावना देखिइ रहेको छ। अमेरिकी फर्म नोभाभ्याक्सले परीक्षण गरिरहेको कोरोना खोप पनि तेस्रो चरणको परीक्षणमा पुगेको छ। यी खोपबाहेक जोन्सन एन्ड जोन्सनले बनाइरहेको खोप पनि अन्तिम चरणको परीक्षणमा पुगेको बताइएको छ।

यि सवै परिक्षणहरुले सफलता हासिल गरिरहँदा कोभिड बरुध्दको खोप चाँडै उपलब्ध हुने आसा गर्न सकिन्छ। तथापी हाल सम्मका सवै जसो भ्याक्सिन २ मात्रा लगाउनु पर्ने तथा निश्चित उमेर समुहमा मात्र परिक्षण भएकाले सवै समुहमा प्रयोग हुने खोपहरु अझै परिक्षणको चरणमा नै रहेका छन् । नेपालले पनि खोप देशमा भित्र्याउन आवस्यक तयारी गरीरहेको छ।

केही खोपहरु तेश्रो चरणको परिक्षणमा समेत नेपाल आउने सम्भावनाहरु बढेर आएका छन् ।यदी यस्तोहुने हो भने खोपको बिकाशमा नेपालको योगदान मात्र रहँदैन त्यस्ता खोपको हकदार समेत बन्न सक्ने भएकोले अनुसन्धान कर्ताहरु त्यता तर्फलाग्नु पर्ने अवसर समेत रहेको छ ।

नागरिक स्वस्थ रहनु नै देश विकासको सूचक भएकोले तिनै तहका सरकारको विकासको प्रमुख एजेण्डा कोरोना खोपको परिपुर्ती र सुनिस्चिततामा रहनु आवस्यक छ भने अबको समय आवस्यक तयारीमा लाग्न ढिला गर्नु हुँदैन। खोप प्राप्त हुनासाथ सकभर सवै जेष्ठ नागरिकहरुको सुरक्षामा उपयोग गर्नु नैतिक दायित्व र जिम्मेवारी हो भने अग्रपंतीका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी र पत्रकारहरुलाई निर्बिवाद खोप लगाउने अवसर दिनु न्यायोचित ठहर्छ ।

समाजका सवै नागरिक खोपका समान हकदार हुन् भन्ने तथ्य बिर्सनु हुँदैन । कोरोना खोपलाई आधारभुत स्वास्थ्यको अंगको रुपमा पुराउन आवस्यक भौतिक पुर्वाधार तयारीमा तिनैतहका सरकारले समयमै चासो दिन जरुरी छ भने सहयोगका लागि देशी बिदेशी सस्थाहरुले तत्परता देखाउने यो उचित बेला हो ।

प्रतिक्रिया दिनुहोस्