नेकपाभित्रको गुटको बिवाद समाधान गर्न नसकेर ओलीले संसद भंग गर्नु ‘संबैधानिक कु’ : चित्रबहादुर केसी



यमलाल भुसाल, बुटवल ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको असंवैैधानिक कदमको सर्वाेच्च अदालतले निकास दिनुपर्ने बताउनु भएको छ । उहाँले अब संसद पुर्नस्थापनाको विकल्प नभएको बताउनु भयो । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशको आयोजनामा विहिवार बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका केसीले नेकपाभित्रको गुटको बिबाद समाधान गर्न नसकेर ओलीले संसदनै भंग गरेर कु काम गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो यस्तो काम पनि गर्ने हो,आफ्नो पार्टीको लफडा देखाएर जनमतको अपमान गर्ने ओलीलाइ अधिकार छैन,अदालतको निर्णयले अब संसद पुर्नस्थापना गर्नुपर्छ । देश कोरोनाका कारण तहस नहस भएको बेला निर्वाचनको नाममा राज्यको अर्बाै रकम सक्ने,दलालहरुलाइ अवसर दिने,अवसरबादीलाइ अगाडी ल्याउने काम हुन्छ,यसो हुदा झन् राजनीति खतम हुन्छ उहांको कथन रहेको छ ।

उहाँले संसद विगटनको बिरुद्धमा सर्बाेच्चले आदेश दिनुपर्ने भन्दै मुलुकलाइ दुर्घटनाबाट जोगाउनुको बिकल्प नभएको बताउनु भयो । अब सबै प्रजातन्त्रबादी शक्तिहरु एक हुनुपर्छ,गतल कामको बिरोधमा पत्रकार,नागरिक समाज तथा सरोकारवाला सबैले पनि भुमिका खेल्नुपर्ने बेला आएको बताउनु भयो ।

संघीयता मनैदेखि मान्न प्रधानमन्त्री ओली कहिले पनि तयार नभएको भन्दै नेता केसीले संघीयता खारेज गर्नुको बिकल्प नभएको समेत तर्क गर्नु भयो । उहाँले स्थानीय तहलाइ बलियो बनाउने र प्रदेश संरचना तत्काल खारेज गर्नु पर्नेमा जोड दिनु भयो । क्लवका अध्यक्ष रामकूमार क्षेत्रीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लवका सचिव कपिल ज्ञवालीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्