सङ्गीत प्रवीणको शतवार्षिकीमा शास्त्रीय सङ्गीत सम्मेलन



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा शास्त्रीय सङ्गीतको विकास तथा विस्तारमा महत्त्वपूर्ण योगदान पुय्राउनुहुने सङ्गीत प्रवीण नरराज ढकालको शतवार्षिकीका अवसरमा उहाँप्रति समर्पित गरेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले राजधानीमा आजदेखि साताव्यापी शास्त्रीय सङ्गीत सम्मेलनको आयोजना गरेको छ।

शास्त्रीय सङ्गीतले समग्र साङ्गीतिक क्रियाकलापको आधारशिला सुदृढ बनाउने हुँदा युवा सङ्गीतकर्मीहरूलाई सङ्गीतको गहिरो ज्ञानतर्फ उत्प्रेरित गर्ने तथा सङ्गीत अनुरागीहरूको रूचि परिस्करणमा सघाउ पुय्राउने समेत उद्देश्य राखी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले शास्त्रीय सङ्गीतको प्रवर्द्धनमा जोड दिइएको प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले बताउनुभएको छ।

प्रतिष्ठानद्वारा नेपाल शास्त्रीय सङ्गीत समाज तथा मिथिला नेपाल टेलिभिजनसँगको सहकार्यमा पुस १५ गतेसम्म आयोजना हुने उक्त कार्यक्रम कोभिड(१९ को जोखिमलाई दृष्टिगत गरी मिथिला नेपाल टेलिभिजनका साथै यूट्यूब र फेसबुकबाट प्रत्यक्ष प्रसारण गर्न लागिएको नेपाल शास्त्रीय सङ्गीत समाजका महासचिव गोकुल लिम्बूले जानकारी दिनुभएको छ।

हालका दिनमा रेडियो(टेलिभिजन जस्ता सञ्चार माध्यममा शास्त्रीय सङ्गीतले स्थान नपाइरहेको परिप्रेक्ष्यमा शास्त्रीय सङ्गीतको प्रवर्द्धनका लागि थोरै भए पनि टेवा पुय्राउने मौका पाएकोमा आफूहरू उत्साहित भएको र भविष्यमा शास्त्रीय सङ्गीत सम्बन्धी नियमित कार्यक्रम सञ्चालन गर्ने मिथिला नेपाल टेलिभिजनका प्रबन्ध निर्देशक हिरा थापा बताउनुहुन्छ।

युवा शास्त्रीय सङ्गीतकर्मी कुन्दन पाठक र जोनिशा पोडेलद्वारा सञ्चालित कार्यक्रममा शास्त्रीय गायनतर्फ सङ्गीतप्रवीण नरराज ढकालका सुपुत्रद्वय प्रभुराज ढकाल–प्रतीक ढकाल, चन्दन श्रेष्ठ, चण्डीप्रसाद काफ्ले(शिवराज पौडेल, विष्णु आचार्य, डा. सीता थापा, मनमोहन थपलिया, लाबोनी चक्रबर्तीस सुरवादनतर्फ मोहनप्रसाद जोशी (जलतरङ्ग) मोहनसुन्दर श्रेष्ठ (सरोद) रामकुमार अर्याल (सितार) सन्तोषभक्त श्रेष्ठ नगेन्द्र राई (बाँसुरी) धनबहादुर गुरुङ (शहनाइ)स ताल (तबला) वादनतर्फ डङ्कन दास चौधरी, बदन मण्डल र नृत्यतर्फ सुविमा श्रेष्ठ, स्वजन रघुवंशी जस्ता विशिष्ट कलाकारहरूको प्रस्तुति रहने छ।

प्रतिक्रिया दिनुहोस्