बेलायतमा अझ बढी संक्रामक कोभिड-१९ को स्ट्रेन भेटियो



लन्डन (एजेन्सी) ।

बेलायतमा कोरोना भाइरसको अत्यन्त छिटो फैलिन सक्ने अर्को नयाँ स्वरुप भेटिएको छ । केही हप्ता मात्रै तिब्र रुपमा फैलिन सक्ने नयाँ स्ट्रेन पत्ता लागेको थियो । दास्रो नयाँ कोरोना भाइरस पनि अत्यन्तै संक्रामक भएको बताइएको छ ।

भाइरसको नयाँ स्वरुपका कारण देशले संक्रमणको दोस्रो लहर सामना गर्नु परिरहेको विशेषज्ञहरुले सचेत गराएका छन् । बुधबार बेलायतमा कोरोना भाइरसको किर्तिमान संक्रमित पुष्टि भएको थियो ।

दक्षिण अफ्रिकामा देखिएको कोविड १९को नयाँ स्वरुपको पनि दुई मामिला बेलायतमा देखिएको बेलायतका स्वास्थ्य मन्त्री म्याट हेंककले जानकारी दिए । बेलायतमा कोरोना भाइरसको जुन रुपमा नयाँ स्वरुप भेटिएको हो त्यसरी नै दक्षिण अफ्रिकामा पनि भाइरसको फरक प्रकारको स्ट्रेन पत्तालागेको हो ।

हेंककले नयाँ स्वरुपका दुई संक्रमित केही हप्ता भित्र दक्षिण अफ्रिकाबाट यात्रा गरि फर्केकाहरुसँग सम्पर्कमा आएको जानकारी दिए । भाइरसको नयाँ स्वरुप देखिनु अत्यन्त चिन्ताजनक छ किनभने यो अत्यन्तै छिटो संक्रमण फैलाउँछ । यसले बेलायतमा प्राप्त नयाँ स्वरुपको बाहेक पनि भाइरसमा परिवर्तन आइसकेको प्रतित भएको आशंका ब्यक्त गरिएको छ ।

बेलायतका स्वास्थ्य मन्त्रीले दक्षिण अफ्रिकाको यात्रामाथि तत्काल प्रतिबन्द लगाएको पुष्टि गरेका छन् । विगत १५ दिन भित्र दक्षिण अफ्रिकाबाट आएका र तिनीहरुसँगको सम्पर्कमा आएका सबै तत्काल आइसोलेसनमा बस्नु पर्ने उनले बताए । बेलायतका वैज्ञानिकहरु दक्षिण पुर्व इंग्ल्यानडको एक प्रयोगशालामा भाइरसको नयाँ स्वरुपको जाँच गरिरहेका छन् । कोरोना भाइरसको नयाँ स्वरुपका कारण बेलायतको ठुलो हिस्सामा प्रतिबन्द लगाइएको छ ।

बेलायतमा बुधबार संक्रमणको किर्तिमान ३६ हजार ८ सय ४ संक्रमित पुष्टि भएको थियो । संक्रमण तिब्र रुपमा फैलिएका कारण पुर्वी तथा दक्षिण पुर्वी इंग्ल्यान्डमा क्रिसमस अर्थात डिसेम्बर २६ पछि चौथो श्रेणीको प्रतिबन्द लगाइने बताइएको छ । लन्डन लगायत केही इलाकामा अहिले पनि कडा लकडाउन लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्