अमेरिकाका लागि नेपाली राजदूत खतिवडाले लिए सपथ



न्युज अफ नेपाल, काठमाडौैं ।

अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका पूर्वअर्थमन्त्री युवराज खतिवडा सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित कार्यक्रममा खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले खतिवडालाई मंगलबार अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्