दक्षिण चीनमा आगोको विशाल गोला खस्यो



बेइजिंग (एजेन्सी) ।

दक्षिणी चीनमा आगो विशाल गोला आकासमा देखिएको र तिब्र बेगमा जमीनमा खसेको छ । आकासबाट आगोको गोला खसेपछि स्थानियमा त्रास फैलिएको बताइएको छ ।

उक्त आगोको गोला के थियो भन्ने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । तर स्थानिय सन्चार माध्यमहरुले कुनै उल्का पिन्ड खसेको हुन सक्ने सम्भावना ब्यक्त गरेको छ ।

यस घटनामा कोही हताहत भएको कुनै समाचार आएको छैन । चीनको सामाजिक सन्जालमा यो आगोको गोला खसेको भिडियो भाइरल भइरहेको डेलिमेलले जनाएको छ । यो घटना चीनको किंघाइ प्रान्तको नांगकिआनको हो । यो घटना बुधबार विहिना करिब सात बजे घटेको हो । स्थानियले उनीहरुले ठुलो आवाज सुनेको बताए । चिनियाँ सामाजिक सन्जालमा भाइरल भएको एक भिडियोमा अत्यन्त चहकिलो गोला अंध्यारो चिर्दै जमीनमा खसेको देखिएको थियो ।

एक स्थानिय दान बाले भने, हामीले उक्त आगोको डल्लो बच्चा स्कुल पुर्याउन जाने क्रममा देखेको हो । यो गोला पहिले त सानो देखिएको थियो तर तीन मिनेटपछि नै यो धेरै ठुलो चम्किलिो भयो ।

चीनको साइन्स वेबसाइट गुओकरका मुख्य लेखक यूजुनले आगोको यो विशाल उल्का जस्तो देखिएको, जुन धेरै नै चम्किलो भएको बेइजिंग न्युजलाई बताए ।

चीनको भुकम्प नेटवर्क सेन्टरले यस घटनालाई रिकर्ड गरेको जनाएको छ । सामाजिक सन्जालमा एक विज्ञप्ती जारी गर्दै यो संदिग्ध उल्का पिन्ड नांगकिआन काउन्टी र युसु काउन्टीको बीचमा विहान स्थानिय समय करिब ७ बजेर २५ मिनेटमा खसेको जानकारी दिए । नानसिआंग काउन्टी सरकारले यस घटनाका बारेमा थाहा पाएको तर पुरै जानकारी आइनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्