तिलोत्तमाकी उपमेयर चौधरीद्वारा ओली समूहले मनोनित गरेको केन्द्रीय सदस्य पद अस्वीकार



यमलाल भुसाल, बुटवल ।

नेकपाको केपी ओली समूहबाट केन्दीय सदस्यमा मनोनित भएकी तिलोत्तमा नगरपालिका उप प्रमुख जगेश्वरी चौधरीले पद अस्वीकार गरेकी छन् ।

चौधरीले आज एक विज्ञप्ति जारी गरी ओली समूहले बिस्तार गरेको केन्द्रीय कमिटी सदस्य पद अस्वीकार गरेको जानकारी दिएकी हुन् ।
नेपाली जनताले अपार स्नेह र आशाका साथ नेकपालाई दिएको जनादेशलाई लत्याएर प्रतिनिधिसभा बिघटन गरिदा नेपाली जनताले अपेक्षा गरेको स्थिरता र समृद्धि प्राप्त गर्ने चाहनामा गम्भीर धक्का लागेको भन्दै चौधरीले सीमित व्यक्तिको लाभको लाभ र प्रतिष्ठाका लागि सार्वभौम प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिवादी प्रबृत्तिबाट सामाजिक रुपान्तरण सम्भव नभएको जनाएकी छन् ।

नेकपाको बैधानिक केन्द्रीय कमिटीमध्ये एक तिहाई मात्र उपस्थित बैठकले पार्टीको विधि–विधान र वैधानिकता भन्दा बाहिर गएर गरिएको मनोनित पद अस्वीकार गरेको उल्लेख गर्दै विज्ञप्तिमा आफू नेकपाको मूलधारमै रहेको र पार्टीलाई विधि–विधान र प्रक्रिया अनुसार चलाउन नेतृत्वलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्