नुवाकोटका अर्याल बने प्रदेशकै सर्वाेत्कृष्ट



हेटौंडा, (नेस)
जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत प्रहरी हवल्दार शिवप्रसाद अर्याल बागमती प्रदेशमा मंसिरको सर्वाेत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहस“गको समन्वयमा स्थानीय समुदायकै सहभागिता रहने गरी निर्माण समिति बनाएर नुवाकोटको अस्थायी प्रहरी पोस्ट सिमुटारको जीर्ण भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेका प्रह अर्याललाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी अभिलेखमा जनिने गरेर नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले बताउनुभयो ।
बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतकार्यरत प्रहरी कर्मचारीबाट सम्पादित कार्यको उचित मूल्यांकन गरी कार्यसम्पादनस्तरमा प्रभावकारिता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०७७’ मा उल्लेखित व्यवस्थाअनुसार मंसिरको सर्वाेत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको प्रवक्ता चौधरी बताउनुहुन्छ ।
प्रह अर्यालसहित मंसिरमा उत्कृष्ट कार्य गर्ने १५ प्रहरी पुरस्कृत भएका छन् । प्रह अर्याल महिनाका सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भए भने १४ जना आ–आफ्नो कार्यालयको महिनाका उत्कृष्ट प्रहरी घोषणा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्