खाद्य कम्पनीले चिनी नल्याउने



काठमाडौं, (नेस)
चाडपर्व सकिएको र नेपालमै चिनी उत्पादन वृद्धि हुन थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी नल्याउने भएको छ । यसअघि चाडपर्वलाई ध्यानमा राख्दै १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको थियो ।
कम्पनीले चिनी ल्याउन आह्वान गरेको बोलपत्रमा आवेदन नै नपरेपछि प्रक्रिया रद्द भएको थियो । सरकारले गत साउनमा ५० प्रतिशत भन्सार छुटमा १० हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो ।

सरकारको अनुमतिअनुसार कम्पनीले चिनी खरिदका लागि गत भदौ ४ गते ४५ दिनको समय राखेर बोलपत्र आह्वान गरेको थियो । सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनलाई २० हजार मेट्रिक टन र खाद्य कम्पनीलाई १० हजार मेट्रिक टन गरी दुई संस्थानलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्